१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अरुण–४ को लाइसेन्स विद्युत् प्राधिकरणलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:२८:oo

सरकारले ४९० दशमलव २ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त (पिकिङ रन अफ दी रिभर) जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र (सर्भे अनुमतिपत्र) नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संखुवासभाको भोट खोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो ।

विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । लाइसेन्सका लागि विद्युत् विभागमा २९ भदौमा आवेदन दिएको प्राधिकरणले लाइसेन्स सोमबार प्राप्त गरेको हो । अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा तल्लो भागमा पर्छ । अरुण–४ को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १५ सय ५१ मेगावाटका दुईवटा आयोजनाहरू एकसाथ अगाडि बढाउनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी एक हजार पाँच सय ५१ मेगावाटको आयोजनाको निर्माण समानान्तर रूपमा ‘जनताको जलविद्युत् कायक्रम’अन्तर्गत अगाडि बढाइने जानकारी दिए । ‘अरुण–४ को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा हो, माथिल्लो अरुण र अरुण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण तथा लगानी मोडालिटी एक–डेढ वर्षभित्रमा टुंग्याएर अगाडि बढाउँछौँ,’ घिसिङले भने ।  

विद्युत् विकास विभागले अरुण–४ लाई नदीको बहावमा आधारित आयोजनाका रूपमा पहिचान गरेको थियो । तर, माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४ लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको हो । 

अरुण–४ को बाँधस्थल भोट खोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब एक सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्छ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २ दशमलव ५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर)मा लगिनेछ । 

ad
ad