१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १५:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिराहामा ब्राउनसुगरसहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:३७:oo

सिराहा प्रहरीले जिल्लाको मिर्चैया र नवराजपुरबाट दुई कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाका आधारमा मिर्चैयास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा शुक्रबार अपराह्न पाँच दशमलव चार ग्राम ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका ६ बस्ने २३ वर्षीय राजाराम पासवान र मिर्चैया ४ का ४० वर्षीय विनोद साह रहेको सिराहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले बताए । पक्राउ परेका दुवैजनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै, जिल्लाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका ५ मेनहाबाट भारतीय बजारबाट आउँदै गरेका लहान नगरपालिका १ का २० वर्षीय प्रवीण साह र २० नम्बर वडा घर भएका २१ वर्षीय लक्ष्मी चौधरीलाई लागुऔषधसहित शुक्रबार साँझ पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक सय एमएलको १० बोतल डाइलेक्स डिसी र एक सय ५० ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएका दुवैजनालाई इलाका प्रहरी कार्यालय महेशपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।     
 

ad
ad