१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
दीपक अधिकारी काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १९:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु, २६ बेपत्ता, २२ घाइते

Read Time : < 1 मिनेट
दीपक अधिकारी, काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १९:५६:००

अविरल वर्षाका करण बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । २६ जना बेपत्ता र २२ जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी विपद प्रभावितहरूको खोज, उद्दार र राहतको कार्य तीव्र रूपमा गरिरहेको मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बुधबार साँझ विज्ञप्ति जारी गरी  बझाङ, धनकुटा, इलाम, पाँचथरलगायतका जिल्लामा सेनाको हेलिकाेप्टरमार्फत घाइतेको उद्धार र राहत सामग्री ढुवानी गरिएको जनाएका छन् । 

खोज तथा उद्धार र राहतको कामलाई प्रभावकारी बनाउन सेनाका हेलिकाेप्टरका साथै आवश्यकताअनुसार निजी क्षेत्रको हेलिकाेप्टर पनि प्रयोग गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ ।