मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३ बुधबार १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उच्चस्तरीय छानबिन समितिबाट चितवन घटनाको छानबिन हुनुपर्छ : गैरसरकारी संस्था महासंघ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १७:३o:oo

गैरसरकारी संस्थाहरूको छाता संगठन गैरसरकारी संस्था महासंघ (एनजिओ फेडेरेसन अफ नेपाल)ले चितवन घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ छानबिन गर्न माग गरेको हो । 

गत असोज २८ गते चितवनको भरतपुर नगरपालिका वडा नं.  ४ का ४८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिट गरी हत्या गरिएको घटनाप्रति गैरसरकारी महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

विश्वकर्मालाई दसैँको नवमीका दिन दुर्गा मन्दिरमा पूजा गर्न जाँदा  मन्दिर परिसरमा रहेका केही स्थानीयले कुटपिट गरी हत्या गरेको घटना सार्वजनिक भएको थियो।

‘यो घटना दलित समुदायमाथि हुँदै आएको विभेद, दमन, अन्याय, अत्याचारपूर्ण हत्या हिंसाकै पराकाष्ठा हो। घटनाका बारे सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्छ,’ अध्यक्ष जितराम लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।