मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक २ मंगलबार १०:११:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सुदूरपश्चिमको मौलिक परिकार डुप्काफाडो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक २ मंगलबार १०:११:००

सुदूरपश्चिमको मौलिक रैथाने परिकार डुप्काफाडो तरकारी निकै स्वादिस्ट, स्वास्थ्यवर्द्धक र लोकप्रिय खाना हो । मासको दालको पेस्टबाट बनाइने यो परिकार पछिल्लो समय धेरैले मनपराउन थालेका छन् । डुप्काफाडो अन्य दालको पनि बनाउन सकिन्छ, तर मासको डुप्काफाडो खानुको मजा नै बेग्लै हुन्छ ।

डुप्काफाडो बनाउन चाहिने सामग्री 
मासको दाल १/२ केजी, तोरीको तेल ४० एमएल, गेडा जिरा–१/२ चिया चम्चा, अदुवा–७ ग्राम, लसुन– १२ ग्राम, सुकेको खुर्सानी–४ पिस, मरिच–६ पिस, बेसार–१÷२ चिया चम्चा, नुन–स्वादअनुसार, पानी–७५० एमएल, हरियो धनियाँ–१/२ मुठा, कागतीको रस वा चुक अमिलो–२ चिया चम्चा

डुप्काफाडो बनाउने तरिका
एक रातअघि नै मासको दाललाइ भिजाउने र बिहान मिचेर बोक्रा पखाल्ने । राम्ररी सफा हुनासाथ दाललाइ सिलौटो या ब्ल्यान्डरमा पिस्नेर आधा–आधा गरी दुई भाग लगाउने । आधा भागमा पानी मिसाएर घोल्ने र एक साइड लगाउने । जिरा, धनियाँ कोगेडा, अदुवा, लसुन, सुकेको खुर्सानी, मरिच हालेर सिलौटो या ब्ल्यान्डरमा मिस्ने । बाक्लो कराहीमा तेल तताएर थोरै जिरा फुराएर काटेको प्याज हालेर ब्राउन बनाउने । पिसेको मसला, बेसार हालेर सानो आचमा भुट्ने । पानी हालेर ।

घोल बनाएको दालको प्युरी हालेर उमाल्ने र स्वादअनुसार नुन हालेर हल्का चलाउने । उम्लन थालेपछि अर्को आधा मासको पेस्टलाई हातको सहायताले मस्यौरा जसरी सानो–सानो थोप्ल (डम्लिङ) बनाएर उम्लेको फाडोमा खसाल्ने । मासको पेस्टलाई उम्लेको फाडोमा हाल्ने कामलाइ नै डुप्का भनिन्छ । १० मिनेटजति मधुरो आगोमा पकाउनासाथ काटेको धनियाँ र अमिलो हालेर खाना या खाजासँग डुप्काफाडो पस्कन सकिन्छ ।