१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक २ मंगलबार o७:१९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

स्वास्थ्य मन्त्रालय र सेनासँग कोरोनाबाट मृत्यु हुनेको तथ्यांक फरक–फरक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २ मंगलबार o७:१९:oo

स्वास्थ्य मन्त्रालय र सेनासँग कोरोनाबाट मृत्यु हुनेको तथ्यांक यसपटक पनि फरक देखिएको छ । अघिल्लो वर्ष मृत्यु हुनेको संख्या झन्डै दुई हजार फरक परेको थियो । यसपटक करिब पाँच सय फरक परेको छ ।

अघिल्लो पटक मृतकको संख्यामा फरक देखिएपछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरी अध्ययन गरेको थियो । स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको संयोजकत्वमा गठित समितिले दुई हजारको संख्यामा फरक परेको प्रमाण जुटाएको थियो । तर, विवाद हुने देखेपछि उक्त संख्या विभिन्न समयमा जोडेर पूर्ति गरिएको थियो । 

कोरोनाको दोस्रो चरणपछि चार सय ६१ जनाको संख्या फरक परेको छ । अघिल्लो वर्ष स्वास्थ्य मन्त्रालयको तथ्यांकमा मृत्यु हुनेको संख्या कम देखिएको थियो । तर, यस वर्ष सेनाले शव व्यवस्थापन गरेको संख्या कम देखिएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले आइतबारसम्म सेनाले १० हजार आठ सय २३ जनाको शव व्यवस्थापन गरेको बताए ।

तर, स्वास्थ्य मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार ११ हजार दुई सय ८४ जनाको शव व्यवस्थापन भएको छ । दुई निकायबीच साढे चार सय बढीको फरक देखिएको छ ।

‘कोरोना सुरु भएदेखि आइतबारसम्म सेनाले १० हजार आठ सय २३ जनाको शव व्यवस्थापन गरेको छ, स्वास्थ्य मन्त्रालयको संख्या यसपटक अलि बढी देखिएको छ,’ प्रवक्ता पौडेलले भने, ‘पछिल्लो समय सेना नभए पनि शव व्यवस्थापन गरेकाले यस्तो फरक पर्न गएको हुन सक्छ ।’