१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी
२o८१ बैशाख २४ सोमबार १९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

यमनमा राजनीतिक समाधान खोज्न राष्ट्रसंघीय विशेष दूतको सुझाब

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:२५:oo

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रन्बर्गले यमनको आन्तरिक विवादको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन् । उनले यहाँका राजनीतिक शक्तिहरूबीचमा बृहत् राजनीतिक सहमतिका आधारमा समाधान खोजिनुपर्नेमा जोड दिएका हुन् ।

यसका लागि यहाँका सबै प्रकारका राजनीतिक शक्तिका साथै राजनीतिक दलहरूका बीचमा पनि बृहत् राजनीतिक सहमति हुनु जरुरी रहेको ग्रन्डबर्गले बताए । यसरी निकालिएको राजनीतिक समाधानले मात्र यहाँको समस्याको दिगो समाधान हुने र यहाँको आर्थिक, सांस्कृतिक पुनर्स्थापनाका लागि सहयोग पुग्ने धारणा राखेका छन् ।

यमनमा विगतका केही वर्षदेखि राजनीतिक हिंसा जारी रहेको छ। यसबाट कैयौँ नागरिकले ज्यान गुमाएका छन्। यहाँको हिंसा अन्त्यका लागि शान्तिपूर्ण वार्ताको माध्यमबाट अघि बढ्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ। रासस

ad
ad