१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २९ शुक्रबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २९ शुक्रबार १७:३o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

२७२ संक्रमित थपिँदा ७७७ संक्रमणमुक्त, खोप लगाउने शून्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २९ शुक्रबार १७:३o:oo

पछिल्लो २४ घण्टामा देशभर २७२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार हजार ७१२ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट दुई हजार ९२ स्वाब परीक्षण गर्दा २४० तथा एन्टिजेन विधिबाट दुई हजार ६२० स्वाब परीक्षण गर्दा ३२ जनामा कोरोना भाइरस देखिएको हो। शुक्रबार ७७७ कोरोना संक्रमित निको भएका छन्। आज कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या भने शून्य रहेको छ।

यो अवधिमा कोरोना भाइरस संक्रमणका कारण आठजनाले ज्यान गुमाएका छन्। अब नेपालमा १३ हजार ३०८ सक्रिय संक्रमित छन्।