मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २९ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७८ असोज २९ शुक्रबार १४:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाइजेरियामा सेनाको कारबाहीमा २५० बन्दुकधारी मारिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २९ शुक्रबार १४:४४:oo

नाइजेरियाको सेनाको कारबाहीका क्रममा गत सेप्टेम्बर महिनायता कम्तीमा २५० हतियारधारी मारिएका छन्। सरकारी सेनाले दिएको जानकारीअनुसार डेढ महिनाको अवधिमा २५० बढी बन्दुकधारी मारिएका हुन्।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरू मारिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो। यस क्रममा यहाँको सेनाले गरेको कारबाहीका क्रममा अन्य ६०० भन्दा बढीलाई पक्राउ गरिएको छ । 

सैन्य प्रवक्ताले सो पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ।  नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरूले नागरिकको हत्या गर्दै आएका छन् । कारबाहीका क्रममा ती बन्दुकधारीहरूबाट यहाँको सेनाले ठूलो संख्यामा हतियार पनि बरामद भएको जनाएको छ। रासस