१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १७:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवनमा पर्यटक बसले ठक्कर दिँदा एक बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:२८:oo

चितवनको भरतपुर–७ स्थित विकास चोकनजिकै पर्यटक बोक्ने बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । बा १ प १२८४ नम्बरको पर्यटक बसको ठक्करबाट करिब ८ वर्षका बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

ठक्कर दिने बस र बसचालक प्रहरी नियन्त्रणमा रहेका छन् । चालकको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले हुलाकी राजमार्ग \अन्तर्गतको विकास चोकमा सडक अवरोध गरेका छन् ।

बसको ठक्करबाट हात मात्र च्यापेको बालकलाई चालकले गाडी ब्याक गरेकाले किचेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

ad
ad