देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ११को मृत्यु

शनिबार, २३ असोज, २०७८
डिजिटल संस्करण

देशभर थप सात सय ६०जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा ६ सय ३६ र एन्टिजेन परीक्षणमा एक सय २४ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा ६ हजार एक सय  ६८ जनाको पीसीआर परीक्षण र पाँच हजार आठ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर १५ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन् । 

शनिबार आठ सय ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार दुई सय २१ पुगेको छ ।
 

सुझावित समाचार