मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी काबुल
२०७८ असोज २२ शुक्रबार १८:४७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
२०७८ असोज २२ शुक्रबार १८:४७:००

अफगानिस्तानमा आत्मघाती बम विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरी सहर कुन्दुजमा रहेको एक मस्जिदमा शुक्रबारको प्रार्थना चलिरहेका वेला मस्जिदलाई लक्षित गरी आत्मघाती बम विष्फोट भएको स्थानीय अधिकारीहरूलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

उक्त मस्जिद अफगानिस्तानमा रहेका अल्पसंख्यक सिया मुस्लिम समुदायले प्रयोग गर्दै आएका थिए । हालसम्म विष्फोटको जिम्मेवारी कसैले लिएको छैन। यद्यपि, हमलामा अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएसआइएसअन्तर्गतको आइएस–केको संलग्नता रहेको आशंका गरिएको छ। तालिवान सरकारमा आएपछि यो संगठनले पछिल्लो समय विद्यालय र मस्जिदलाई लक्षित गरी श्रृङखलाबद्ध रूपमा बम विष्फोट गर्दै आइरहेको छ।