१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सुन तस्करीका अभियोगमा जेलमा रहेका गोरे भन्ने चूडामणि उप्रेती
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:४८:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुपुर्दगी सन्धि नहुँदाको समस्या : पक्राउ गराएर पनि प्रहरीले नेपाल ल्याउन सकेन सुन तस्करीका अभियुक्त 

Read Time : > 5 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४८:oo

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुग्दा मुख्य नाइकेमध्ये २२ अभियुक्त अझै फरार छन् । त्यसमध्ये दुईजनालाई नेपाल प्रहरीले विदेशमा पक्राउ गराएर पनि स्वदेश ल्याउन सकेन । 

रमेश उप्रेती र किसनकुमार अग्रवाललाई नेपाल प्रहरीको आग्रहमा संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले दुई वर्षअघि पक्राउ गरेको थियो । दुवैविरुद्ध इन्टरपोलले रेड नोटिससमेत जारी गरेपछि उनीहरू पक्राउ परेका थिए । तर, पछि दुबई प्रहरीले उनीहरूलाई तारेखमा छाडिदियो । त्यहाँबाट ‘डिपोर्ट’ गरेर ल्याउने प्रयास दुई वर्षसम्म पनि सफल हुन सकेको छैन । पटक–पटक पहल गर्दा पनि सुपुर्दगी सन्धि नभएको र देशको कूटनीति प्रभावकारी नहुँदा दुई वर्षसम्म पनि उनीहरूलाई नेपाल ल्याउन नसकिएको प्रहरीले जनाएको छ । 

‘सुपुर्दगी र पारस्परिक कानुनी सहायता सन्धि नभएको भन्दै युएईले दिन मानेन,’ प्रहरीको इन्टरपोल शाखाका एक अधिकारीले भने, ‘पटक–पटक ताकेता गर्दै आएका छौँ, इन्टरपोल मुख्यालयमार्फत पनि पहल भइरहेको छ ।’ 

सोही मुद्दामा यसअघि बेनु श्रेष्ठ र हरिशरण खड्कालाई प्रहरीले युएई प्रहरीकै सहयोगमा नेपाल ल्याएको थियो । उस्तै घटनामा केहीलाई नेपाल ‘डिपोर्ट’ गरे पनि केहीलाई भने गरेको छैन । उप्रेती र अग्रवाल दुबईमा व्यवसाय गर्दै आएका छन् । यसमा नेपालको मुख्य समस्या नै सुपुर्दगी सन्धिको अभाव भएको प्रहरीको भनाइ छ । युएईले दुई वर्षअघि नै सुपुर्दगी सन्धिको प्रस्ताव गरे पनि त्यो छलफलमै सीमित छ । 

उप्रेती र अग्रवालसहित सो मुद्दामा २२ जना मुख्य अभियुक्त अझै फरार रहेको जिल्ला अदालत मोरङको तथ्यांक छ । जसमा तस्करीका मुख्य योजनाकार मानिएका एमके भनिने मोहनकुमार अग्रवाल पनि छन् । फरार रहने अन्यमा सुनील अग्रवाल, मणिराज चौलागाईं, कमल कार्की, शिवकुमार गुभाजू, अर्जुन खरेल, रोशन भुसाल भनिने गुप्तलाल भुसाल छन् । तस्करीको सुनमा उनीहरूको मुख्य लगानी रहेको प्रहरीले निष्कर्ष निकालेको थियो । त्यस्तै, अभियुक्तहरू प्रयास पराजुली, सञ्जय अधिकारी, समीर अधिकारी, रोहित आचार्य, माधव आचार्य, ओमप्रकाश नेवार, सन्दीप खड्का, सुरेन्द्र गौतम, उस्तम मियाँ, टुकबहादुर मगर, भविन तामाङ, आरबी भनिने रक्षा भण्डारी पनि पक्राउ परेका छैनन् ।

उनीहरूमध्ये मोहन अग्रवाल, रोहित आचार्य, टुकबहादुर मगर, कृष्ण बस्नेत, मोहम्मद उस्ताम मियाँविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध भने डिफ्युजन नोटिस जारी भएको छ । सन्दीप खड्काले दुबईमै कान्तिपुर ट्राभल चलाउँदै आएका छन् । 

७७ जना प्रतिवादी रहेको सो मुद्दामा आइतबार नै दुवै पक्षको अन्तिम बहस सकिएको जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए । न्यायाधीश भरत लम्सालको इजलासमा यो मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ । मंगलबार नै फैसला आउने सम्भावना रहेको जिल्ला अदालत मोरङका एक कर्मचारीले बताए । 

‘बिहीबारदेखि दसैँका लागि अदालत बन्द हुँदै छ,’ ती कर्मचारीले भने, ‘मुद्दाको सबै अंग पुगिसकेकाले बुधबारभित्रै फैसला गर्ने तयारी छ । श्रीमान्ले बिदाको दिनमा समेत अध्ययन गरेर फैसलाको तयारी गरिरहनुभएको छ ।’ यसमा सुन तस्करी, अपहरण र हत्या गरी तीन मुद्दा दायर गरिएको छ ।

एसएसपीसहित ३० थुनामा, २५ जना धरौटी र साधारण तारेखमा 
यो मुद्दामा ३४ जना अझै थुनामा छन् । जसमध्ये चार प्रहरी अधिकारी छन् । तस्करीमा संलग्नलाई विमानस्थलमा सघाएको अभियोगमा पक्राउ परेका तत्कालीन एसएसपी श्याम खत्री, डिएसपी सञ्जयसिंह राउत, हवल्दार विष्णुबहादुर खड्का र जवान अम्बरबहादुर थापामगर पुर्पक्षका लागि कारागारमा छन् । 

कारोबारमा संलग्न अन्य ३० जना पनि थुनामै छन् । गोरे भन्ने चूडामणि उप्रेती, टेकबहादुर मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भन्ने नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, डा. डेबिट भनिने छिरिङ वाङदेल घले, वेनु श्रेष्ठ, हरिशरण खड्का, एलबी मगर भन्ने लालबहादुर मगर, चन्दन भन्ने वीरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, भोजराज भण्डारी कारागारमा छन् । दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुन्यप्रसाद लामा, हेमन्त गौतम, राजु महर्जन, रामहरि कार्की, राजन थापा, अमरमान डंगोल, तुलाराम थारू, फाल्दुङ भनिने लक्षबहादुर गुरुङलाई पनि अदालतले थुनामै राख्ने आदेश दिएको थियो ।

पूर्वडिआइजी गोविन्द निरौलालगायत प्रहरी भने उच्च अदालतबाट साधारण तारेखमा छुटेका थिए । थाई एयरलाइन्सका कर्मचारीको मिलेमतोमा भर्‍याङ नै मोडिफाई गरेर संगठित रूपमा सुन तस्करी भएको र त्यसमा विमानस्थलका केही प्रहरीले साथ दिएको खुलेको थियो । सो घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा समेत तत्कालीन एसएसपी दिवेश लोहनी (हाल डिआइजी), डिएसपी प्रजित केसी (हाल एसपी) तथा सइ बालकृष्ण सञ्जेलविरुद्ध समेत मुद्दा दायर भएकोमा उनीहरू साधारण तारेखमा छुटेर प्रहरी सेवामै छन् । एसपी विकासराज खनाल पनि साधारण तारेखमा छुटेका थिए । एसपी खनालविरुद्ध पनि तस्करीमा सघाएको अभियोग लगाइएको थियो । 

केही ठूला कारोबारी पनि धरौटीमा छुटेका थिए । जसमा विमल पोद्दार, सञ्जय खेतान भन्ने प्रभात अग्रवाल, आरडी भनिने राजकुमार दारुका, डब्बु भन्ने इस्तियाज उद्दिन, अबु सलमान भनिने सैयद अकबर साह, बाला दाई भन्ने बालकृष्ण खड्का, ठाकुरप्रसाद ढुंगाना, प्रमोदकुमार श्रेष्ठ, चेतन भनिने चेतनाथ भण्डारी, रेवन्तकुमार आचार्य, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, मदन सिलवाल, रामकुमार तिवारी, मदनकुमार घिमिरे, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान अग्रवाल, सुनील श्रेष्ठ, गीता श्रेष्ठ, निरु भन्ने नर्वदा खरेल उप्रेती छन् । सुरुमा जिल्ला अदालतबाट थुनामा गएकासमेत पछि उच्च अदालतको आदेशबाट छुटेका थिए । त्यसरी धरौटी तथा साधारण तारेखमा छाड्ने आदेश दिने उच्च अदालतका न्यायाधीशहरूलाई न्यायपरिषद्ले कारबाही गरेको थियो । 

सुन भेटिएन, थप छानबिन भएन 
विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो तस्करीको सुन हराएपछि यो प्रकरण बाहिर आएको थियो । ९ माघ ०७४ मा उक्त सुन विमानस्थलबाट बानेश्वर लैजाने क्रममा हराएको थियो । तस्करीमा संलग्न गिरोहकै कसैले सुन लुकाएको वा लुटेका थिए । सुन थाई एयरका कर्मचारी सानु वनले बानेश्वर लगेका थिए । पछि विमानस्थलभित्रै इन्धन ट्यांकरको ठक्करबाट उनको मृत्यु भएपछि घटना रहस्यमय बन्दै गएको थियो । 

त्यही सुन पत्ता लगाउने क्रममा गिरोहका नाइकेमध्ये एक गोरे उपनामले चिनिने चूडामणि उप्रेतीले सनम शाक्यलाई अपहरण गरी धरान लगेर यातना दिएका थिए । यातनाकै क्रममा उनको मृत्यु भएपछि यो प्रकरण बाहिर आएको हो । 

सो घटनाको सूचना सुरुमा महानगरीय अपराध महाशाखाले पायो । सोहीअनुसार महाशाखा धरान पुगेर शव बरामद गरी केही आरोपितलाई पक्राउ गर्‍यो । तर, गाडीमा राखेर शव मोरङमा पु¥याएर मोरङ प्रहरीलाई बुझाएको खुलेपछि त्यसमा छानबिन हुँदा संगठित रूपमा भइरहेको सुन तस्करीको भेद खुलेको हो । 

सुरुमा प्रहरीले एआइजीको नेतृत्वमा छानबिन समिति गठन गरेकोमा पछि यसमा ठूलै गिरोह देखिएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष छानबिन टोली बनाएको थियो । सोही टोलीले गोरेलगायत केही नाइकेलाई समेत पक्राउ गर्‍यो, तर पूरा अनुसन्धान हुन पाएन । 

अनौठो के छ भने, हराएको भनिएको साढे ३३ किलो सुन अहिलेसम्म बरामद हुन सकेको छैन । अनुसन्धानको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै भएकाले थप छानबिनसमेत हुन सकेको छैन । जसले सुन तस्करी प्रकरणका कतिपय पाटाहरू तीन वर्षसम्म पनि अनुत्तरित नै छन् । यसबाट गिरोहमा आबद्ध थप व्यक्तिलाई फाइदा भएको छ । 

१६ साउन ०७५ मा समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने दुई सयभन्दा धेरै व्यक्तिको नाम रहेको एक प्रहरी अधिकारी बताउँछन् । जसमा सुन मात्र नभई नेपालबाट अर्बौँको हुन्डीको कारोबार गर्ने नाइकेबारे समेत महत्वपूर्ण सूचना थियो ।

पक्राउ परेका व्यक्तिको सम्पत्ति छानबिनका लागि फाइल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो । विभागले पनि छानबिनलाई प्राथमिकतामा राख्न सकेको छैन । तस्करी गिरोहका अधिकांश व्यक्तिगत कामदारका रूपमा दुबई पुगेर सुन र हुन्डीको कारोबार गरी करोडौँ कमाएको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको थियो । छानबिनका क्रममा केही भारतीय र केही अरबी नागरिकको समेत संलग्नता खुलेको थियो । भारत केरलाका सलिम खानको गोरेको समूहसँग सम्बन्ध खुलेको थियो । यसतर्फ पनि अनुसन्धान हुन नसकेको छानबिन टोलीका एक सदस्य बताउँछन् । 

अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन)ले तयार पारेका गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे)ले गरेको खोजमा पनि नेपालमा दुबईबाट हुने सुन तस्करीबारे तथ्य फेला परेको थियो । फिनसेल फाइल्स नाम दिइएको सो खोजमा दुबई कालोटी ज्वेलर्सलाई ललितपुरको सास्ता ट्रेडिङ कम्पनीमार्फत अर्बौँ भुक्तानी भएको थियो । कालोटीसँगै सम्बन्धित कम्पनी भिरेन ज्वेलर्समार्फत खरिद गरी नेपालमा सयौँ किलो सुन ल्याइएकोबारे पक्राउ परेका गोरेलगायतले बताएका छन् । यो पाटोतर्फ पनि थप छानबिन हुन सकेको छैन । अनुसन्धान अधुरै रहँदा यसको फैसला हुन लागेको छ ।

एसएसपीसहित ३४ थुनामा, २२ जना धरौटी र साधारण तारेखमा

७७ अभियुक्त रहेको यो मुद्दामा २२ जना अझै फरार छन् । ३० जना अभियुक्त जेलमा छन् भने अन्य २५ जना धरौटी तथा साधरण तारेखमा छुटेका छन् । जेलमा रहनेमा चार प्रहरी अधिकारी छन् । फरार २२ मध्ये धेरै जसो गिरोहका नाइकेहरू छन् । उनीहरूमध्ये केहीलाई इन्टरपोलले रेड नोटिस जारी गरे पनि प्रहरीले पक्राउ गर्न सकेन ।

सुन भेटिएन, थप छानबिन भएन
मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुग्दा घटनाको साढे तीन वर्षसम्म पनि हराएको भनिएको साढे ३३ केजी सुन भने प्रहरीले भेटाउन सकेन । यससम्बन्धी छानबिन टोलीले थप अनुसन्धान गर्न भन्दै प्रतिवेदन बुझाएको तीन वर्ष भइसकेको छ । प्रतिवेदन लुकाइँदा यसमा जोडिएका धेरै व्यक्तिमाथि अनुसन्धान हुन सकेको छैन ।

ad
ad