मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Tuesday, 15 July, 2025
पूर्णिमा श्रेष्ठ । तस्बिर : श्रेष्ठको फेसवुकबाट
दीपक अधिकारी काठमाडाैं
कमल खत्री म्याग्दी
२o७८ असोज १५ शुक्रबार ११:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्णिमा बनिन् धवलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला

Read Time : < 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७८ असोज १५ शुक्रबार ११:३४:oo

संसारको सातौँ, आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छिन्। धवलागिरि गाउँपालिका– ४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन्। काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन्।

सेभेन समिट ट्रेकिङका सञ्चालक मिंमा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ बजे धवलागिरिको सफल आरोहण गरेको जानकारी दिए। “धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्,” उनले भने, “धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन।”

श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे–नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए। पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन्।

पूर्णिमा अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। पथप्रदर्शक पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन्। पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन्। उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन्।

पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएकाे गत याममा गर्ने भनेको धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताएकी थिइन्।