१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महिलाको चरित्र हत्या हुने गरी भिडियो बनाउने ४ युट्युबर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४४:oo

सामाजिक सञ्जाल युट्युबको प्रयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले उनीहरूलाई  पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, पेप्सिकोला बस्ने ३५ वर्षीय पिंकला कार्की र गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ रहेका छन्। व्यक्तिगत तथा गोपनीय कुराहरूलाई युट्युबमार्फत प्रसारण गरेर चरित्र हत्या गरेको भन्दै पीडितले दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । 

महिलाहरूको इज्जत तथा प्रतिष्ठामा द्वेष फैलाउने गरी सामग्रीहरू  प्रसारण गरेका उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । उनीहरूले दैनिक खबर, हरेक पलको खबर, सराइचुली मिडिया र मोर्डन अनलाइनजस्ता युट्युबहरूमा चरित्र हत्या गर्ने गरी सामग्री प्रसारण गरेका थिए । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।
 

ad
ad