१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आठ वर्षपछि आफ्नै ब्रान्डबाट गुण एयरलाइन्सको उडान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४६:oo

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आठ वर्षपछि पुनः हवाई सेवा सुचारु गरेको छ। एयरलाइन्सले आफ्ना दुई बिचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रबारबाट आफ्नो नियमित आन्तरिक उडान सुरु गरेको हो। एयरलाइन्सले पहिलो उडानको रूपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ।  एयरलाइन्सका सिइओ बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिस्पर्धा गर्नका लागि नआएको बताए। उनले एयरलाइन्सले कोरोनाको पेन्डामिक समयमा आममानिसमा पर्न गएको असरलाई मध्यनजर गर्दै पाँच जेट स्ट्रिम र दुई बिचक्राफ्ट सञ्चालनमा ल्याएको बताए। सिइओ श्रेष्ठले जनतालाई सुरक्षा, प्यासेन्जरलाई मनोरञ्जन दिने नै गुण एयरलाइन्सको मुख्य लक्ष्य भएको बताए। उनले पुरानो ब्रान्डबाटै चलाउन उपयुक्त हुन्छ भन्ने सोचले लामो समयपछि उडान भरेको जानकारी दिए। 

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई केही छुटको व्यवस्था गरेको बताए। गुण एयरलाइन्समा काठमाडौंबाट चितवनसम्म पुगेका यात्रुहरूले एयरलाइन्सको सेवाहरू राम्रो भएको प्रतिक्रिया दिएका छन्।  उनीहरूले गुण एयरलाइन्सको सर्भिस राम्रो भएकोले सबैलाई एकपटक यसको सर्भिस लिन सुझाएका छन्। 

गुणसँग दुई बिचक्राफ्ट १८ सिटको क्षमताका छन् भने जेटस्ट्रिम ३० सिट क्षमताका हुन्।  २००९ मा स्थापना भएको गुण एयरलाइन्स २०१३ मा सिम्रिकमा परिवर्तन भएको थियो।  कोरोनाको महामारी जारी नै रहेको कारण एयरलाइन्सले स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा अपनाएर उडान सुरु गरेको हो।   

ad
ad