१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँअगावै गुण एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:oo:oo

निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दसैँअगावै काठमाडौं–सुर्खेत नियमित उडान सुरु गर्ने भएको छ । हालै सञ्चालनमा आएको गुण एयरलाइन्सले दसैँअगावै काठमाडौं–सुर्खेत हवाई सेवा सञ्चालन गर्ने तयारी थालेको हो । 

देशका पाँच गन्तव्यमा उडान गर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए । उनले भने, ‘एयरलाइन्ससँग हाल पाँच जेट इन्जिन र दुई ट्विनअटर जहाज छन् । सुरुवाती उडान सुर्खेत, पोखरा, भरतपुर, चितवन, भैरहवा र नेपालगन्जमा गर्ने योजना छ ।’

केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । ‘हाम्रो लक्ष्य भनेकै ग्राहकहरूलाई सस्तोमा भाडादर कायम गरेर सेवा प्रवाह गर्नु हो,’ थापाले भने, ‘यसै पनि कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो, काठमाडौं आएका पर्यटकलाई सीधै सुर्खेत पुर्‍याउन गुण एयरलाइन्स मजबुत बनेर जुट्दै छ ।

यसले कर्णालीको पर्यटनलाई चिनाउन थप सहयोग पुग्नेछ ।’ सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एउटा हुने थापाले जानकारी दिए । यसभन्दा अघि सुर्खेत–काठमाडौंका लागि बुद्ध एयरले मात्र उडान गर्दै आएको थियो । निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरलाइन्सले मात्र सुर्खेत उडान गर्ने गरेकोमा अब दुई कम्पनीले सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेतको उडान गर्नेछन् । 

दुई विमान कम्पनीले उडान गरेमा सुर्खेतबाट काठमाडौं र काठमाडौंबाट सुर्खेतको हवाईभाडा सस्तो हुने कर्णालीवासीले विश्वास लिएका छन् । 

ad
ad