मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ असोज ३ आइतबार २१:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वयुवराज्ञी हिमानी शाह जनकपुरमा 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ असोज ३ आइतबार २१:१८:००

पूर्वयुवराज्ञी हिमानी शाहले जानकी मन्दिरमा पूजापाठ गरेकी छिन् । एक कार्यक्रममा सहभागी हुन आइतबार जनकपुरधाम आएकी युवराज्ञी शाहले जानकी मन्दिर पुगेर पूजापाठ गरेकी हुन् । 

पूर्वयुवराज्ञी शाह आउने खबर पाएपछि जानकी मन्दिर व्यवस्थापनले उनलाई भव्य स्वागत गरेको छ  । पूर्वयुवराज्ञीको स्वागतको लागि मन्दिर व्यवस्थापनले रेडकार्पेट ओछ्याएका थिए भने मन्दिरलाई अझ आकर्षक देखाउन इलेक्ट्रिक बत्तीले झिलिमिली पारिएको थियो । 

जानकी मन्दिरका छोटा महन्थ रोशन दासले हिमानीको स्वागतमा लागेका थिए । हिमानी ट्रस्टले सोमबार जनकपुरको कन्या माध्यमिक विद्यालयमा खानेपानीसम्बन्धी सामग्री वितरण कार्यक्रम राखेको छ । सोही कार्यक्रममा सहभागी हुन हिमानी जनकपुर आएकी हुन् ।