मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २ शनिबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २ शनिबार १७:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली भन्छन्- गठबन्धन फ्रिजमा बनाइएको आइसको डल्ला हो, एकछिनपछि पग्लन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २ शनिबार १७:o३:oo

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई फ्रिजबाट निकालिएका आइसका डल्लाजस्तै भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्लाजस्तै पग्लिने बताएका हुन् ।

चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रूपमा चुनाव गर्नुपर्ने बताए। सो चुनावपछि गठबन्धनको अस्तित्व नरहने उनको दाबी छ।

‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभएन थरथर काम्दै डराउँदै। चुनाव प्रतिगमन हुन्छ त के अब एक वर्षपछि प्रतिगमन नै हुने भयो त देशमा ? अब १४ महिनापछि चुनाव त गर्नुपर्छ। के देश अनिवार्य रूपमा प्रतिगमनमा जानेभयो त चुनाव गर्दा। जनादेश आउँदा चुनाव प्रतिगमन हुने भो ? संविधान मिचिएको हो त ? कस्तो शासन खोजेका छन् यी तानाशाहहरूले ? तर, चुनाव गराउन यिनीहरू बाध्य छन्। तपाईंहरूलाई दुःखकष्ट यसबीचमा दिन सक्छन् । धेरै चिन्ता नगर्नुस् । १४ महिनामा चुनाव हुन्छ । १५ महिनामा सरकार बन्छ । यी कता हराउँछन्, कता बिलाउँछन्। यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्। आफैँ परेको आइस् होइन यो। फ्रिजमा बनाइएका आइस हुन्। यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लिहाल्छन् ।’