Skip This
म्याग्दीमा तामाखानीको सम्भाव्यता अध्ययन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका म्याग्दी
२o८१ बैशाख २६ बुधबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

म्याग्दीमा तामाखानीको सम्भाव्यता अध्ययन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:२२:oo

म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो । 

दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । “टोलीले भौगोलिक अवस्था र सुरुङबारे अध्ययन गरेको छ”, उनले भने, “थप अध्ययनका लागि उपकरणसहित टोली फेरि आउनेछ।” टोलीले मल्कवाङको ओखरबोट, हिलेखानी र खवाङस्थित तामाखानीको अध्ययन गरेको हो ।

बन्द तामाखानी हाल बेवारिसे अवस्थामा छन् । मल्कवाङनजिकै तामा उत्खनन गर्न खनिएका दर्जनौँ सुरुङ संरक्षणको अभावमा बाढीले पुरिँदै छन् । सरकारले तामाखानीको संरक्षण, अनुसन्धान, व्यवस्थापन र उत्खननप्रति चासो देखाएपछि स्थानीयवासी उत्साहित छन् ।

स्थानीय लालबहादुर छन्त्याल आफ्नो समुदाय परम्परागत पेसामा पुनः फर्किने बताउँछन् । तामाखानी उत्खनन गरिए नयाँ पुस्तामा प्रविधि, ज्ञान र सीप हस्तान्तरण हुने उनको विश्वास छ । विगतमा मल्कवाङको खानीबाट उत्खनन भएको तामालाई दलित समुदायले आरनमा प्रशोधन गरेर भाँडाकुँडा बनाई म्याग्दी, बाग्लुङ, पर्वत, कास्कीलगायतका ठाउँमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । रासस

ad
ad