मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३१ बिहीबार १७:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप १,५११ कोरोना संक्रमित थपिए, १,६८९ संक्रमित निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३१ बिहीबार १७:५१:००

बितेको २४ घण्टामा थप एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन दुवै विधिबाट १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा थप एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक हजार ६८९ जना कोरोना संक्रमित निको भएका छन् । सो अवधिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ जना रहेको छ । हाल देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेका छन् ।