मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३० बुधबार १९:३४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिणपूर्वी चीनमा नयाँ कोरोना भाइरसका बिरामी भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३० बुधबार १९:३४:००

चीनको दक्षिण पूर्वी सहरहरूमा कोभिड–१९ को डेल्टा भेरिएन्टका नयाँ बिरामी देखिन थालेका छन् । फुजियान प्रान्तमा पछिल्लोपटक २० जना नयाँ बिरामी भेटिएको नेसनल हेल्थ कमिसनलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । 

कमिसनका अनुसार फुजियानका २० जना, पुटियानका १९ जना, ग्वान्जाओका १ जनामा कोरोना भाइरस पुष्टि भएको छ । आइतबारसम्म ४६ जना बिरामी भेटिएकोमा अहिलेसम्म थपिएर करिब १०२ जना पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।  

नेसनल हेल्थ कमिसनका अनुसार हालसम्म ९५ हजारभन्दा बढी कोरोनाका बिरामी भेटिएका छन् भने मृत्यु हुनेहरूको संख्या ४ हजार ६३६ पुगेको छ ।

कोरोनाका बिरामी बढेपछि सियामेनसहितका ती सहरमा आवागमन नियन्त्रण गरिएको छ । अक्टोबर १ लाई चीनमा पर्यटनको मुख्य सिजनका रूपमा मनाइने गरिएको छ । त्यसकै मुखमा कोरोनाका बिरामी भेटिएका छन् । स्थानीय सरकारले अत्यावश्यक कामभन्दा बाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् । ग्वान्जाओमा ७० प्रतिशत उडान रद्ध भएका छन् ।