मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३० बुधबार १९:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर र भक्तपुरसहित १२ जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३० बुधबार १९:०४:००

गृह मन्त्रालयले ललितपुर र भक्तपुरसहित १२ जिल्लाका सिडिओको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहको आन्तरिक व्यवस्थापन महाशाखामा रहेका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको सिडिओ बनाइएको छ । त्यस्तै, गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुरमा सरुवा गरिएको छ । उनको ठाउँमा पुण्यविक्रम पौडेल पुगेका छन् । 

गोरखामा शंकर अर्याल, मोरङमा काशीराज दाहाल, रामेछापमा दीपक पहाडी, संखुवासभामा नूरहरि खतिवडा, दोलखामा टेकराज निरौला, चितवनमा आश्मान तामाङ, धादिङमा कृष्णा लम्साल, उदयपुरमा वीरेन्द्र यादव र रुपन्देहीमा ऋषि तिवारीलाई सिडिओको जिम्मेवारी दिइएको छ ।