मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३० बुधबार १८:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अत्याधुनिक पेस्तोलसहित काठमाडौंबाट एक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३० बुधबार १८:३७:००

सशस्त्र प्रहरीले  मेड इन जर्मन लेखिएको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर–३ का २४ वर्षीय सोनाम तामाङ रहेका छन् । उनलाई सशस्त्रको टोलीले बुधवार साँझ सितापाइला छाउनी मार्गस्थित रक चिल्ली रेस्टुरेन्टबाट पक्राउ गरेको हो । हतियार लिएर हिँडेको विशेष सूचनाका आधारमा सशस्त्रका टोलीले उनलाई पक्राउ गरेको स्रोतका भनाइ छ ।