मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ३० बुधबार
  • Tuesday, 15 July, 2025
एजेन्सी
२o७८ भदौ ३० बुधबार १२:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तालिवानको अन्तरिम सरकारमा विवाद, मुल्ला गनी बरादरले छोडे काबुल

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ भदौ ३० बुधबार १२:३७:oo

तालिवानको अन्तरिम सरकारमा आफसी फुट देखिएको छ। तालिवानका वरिष्ठ नेताले बिबिसीलाई बताएअनुसार राष्ट्रपति भवनमा तालिवानका सहसंस्थापक मुल्ला गनी बरादरको समूह र एक मन्त्रीबीच असमझदारी देखिएको छ। हालैका दिनमा मुल्ला बरादर सार्वजनिक रूपमा देखिएका छैनन्। समाचार स्रोतहरूका अनुसार तालिवानको नेतृत्वपंक्तिमा असहमति देखिन थालेको छ। तर, तालिवानले यी खबरहरूलाई खारेज गरेको छ।

तालिवानले अघिल्लो महिना अफगानिस्तामाथि आफ्नो नियन्त्रण कायम गर्दै इस्लामिक गणतन्त्र नभई इस्लामिक अमिरात बनाउने घोषणा गरेको थियो। तालिवानले ७ डिसेम्बरमा नयाँ मन्त्रिमण्डलको घोषणा गरेको थियो। बरादर र खलिल उर-रहमानबीच असमझदारी बढेको बिबिसीले तालिवान स्रोतलाई उल्लेख गर्दै बताएको छ। उनीहरूबीच असमझदारी बढेपछि दुवै नेताका समर्थक आपसमा भिडेका थिए। खलिल उर-रहमान हक्कानी नेटवर्कका नेता र तालिवान सरकारका शरणार्थीमन्त्री हुन्।

अघिल्लो हप्ता दुई नेताबीच झगडा परेको थियो। बरादर अन्तरिम सरकारमा उपप्रधानमन्त्री छन्। उनी सरकारको संरचनाप्रति सन्तुष्ट छैनन्। अफगानिस्तानमा जितको श्रेय लिने भन्ने विषयमा तालिवान नेताबीच असमझदारी छ। बरादरले आफ्नो कूटनीतिक क्षमताका कारण जित सम्भव भएको दबी गर्दै आएका छन्। यता हक्कानी नेटवर्कका सदस्य र समर्थकले भने लडाइँको शक्तिले जित सम्भव भएको बताउँदै आएका छन्। बरादर यस्ता पहिलो नेता हुन् जसले सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए। उनले तालिवानको तर्फबाट दोहा सम्झौतामा अमेरिकी सैनिक फिर्ता गर्ने पत्रमा हस्ताक्षर गरेका थिए। बरादर काबुल छोडेर कन्धार पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।