मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ ३० बुधबार ०८:०५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीको दलको नेतामा सोडारी

Read Time : < 1 मिनेट
२०७८ भदौ ३० बुधबार ०८:०५:००

नेकपा (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । पार्टीका प्रदेश इन्चार्ज गरिमा शाहको उपस्थितिमा मंगलबार बसेको संसदीय दलको बैठकले सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोडारीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । 

बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य बलबहादुर सोडारीको प्रस्ताव र सांसद तारा लामा तामाङको समर्थनमा सोडारीलाई सर्वसम्मत दलको नेता चयन गरिएको सांसद अमरबहादुर साउदले जानकारी दिए । तामाङ र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी पनि दलको नेताका आकांक्षी थिए ।

बैठकले संसदीय दलको विधान पनि पारित गरेको सांसद साउदले जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक अर्को बैठकबाट चयन गरिने समाजवादीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको एकीकृत समाजवादीका १४ सांसद छन् । सोमबार बसेको दलको बैठकले सरकारलाई समर्थन दिने निर्णय गरेको थियो ।