थप १,४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर एक हजार चार सय ८६ जना कोरोना संक्रमित थपिएका छन्। पिसिआर र एन्टिजोन दुवै विधिद्वारा कोरोना परीक्षण गर्दा यो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयको २४ घन्टायताको अद्यावधिक विवरणअनुसार एक हजार दुई सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० रहेको छ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या संख्या १० हजार नाै सय ६५ पुगेको मन्त्रालयले जनाएको छ।

See More On

सुझावित समाचार