Skip This
नेकपा एकीकृत समाजवादी बागमती संसदीय दलको नेतामा पाण्डे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादी बागमती संसदीय दलको नेतामा पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १६:५५:oo

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । एमालेबाट विभाजनपछि माधव नेपालको नेतृत्वमा नवगठित एकीकृत समाजवादीमा १३ प्रदेश सांसद्ले सनाखत गरेको नामावलीसहितको दल विभाजनको आधिकारिक पत्र निर्वाचन आयोगबाट प्रदेश सभा सचिवालयलाई प्राप्त भएसँगै आइतबार बसेको संसदीय दलको बैठकबाट पाण्डे सर्वसम्मत नेता चयन भएका हुन् । 

ज्येष्ठ सदस्यका रूपमा सांसद माधव पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको पहिलो बैठकले पाण्डेलाई नेता चयन गरेको हो । बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता पाण्डेले जानकारी दिए । 

नेकपा एकीकृत समाजवादीले प्रदेश सभा सचिवालयभित्रै आइतबार नै संसदीय दलको कार्यालयसमेत स्थापना गरेको छ । 

एकीकृत समाजवादी आधिकारिक रूपमा प्रदेश सभामा दर्ता भएसँगै बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । १३ जना सांसदसहित एकीकृत समाजवादी प्रदेश सभामा चौथो दल बनेको छ । 

बागमतीमा एमाले पहिलो, माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो दलका रूपमा छन् । 
 

ad
ad