मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २७ आइतबार १६:४७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर थप ९११ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २७ आइतबार १६:४७:००

देशभर थप नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा आठ सय ३८ र एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा सात हजार आठ सय ७८ जनाको पिसिआर परीक्षण र तीन हजार एक सय ४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर २६ हजार सात सय ५७ जना सक्रिय संक्रमित रहेका छन् । 

आइतबार एक हजार चार सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार नौ सय ४९ पुगेको छ ।