मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२०७८ भदौ २३ बुधबार ०६:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

वृद्धवृद्धा, अशक्त र विस्थापितलाई घरमै खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
२०७८ भदौ २३ बुधबार ०६:३६:००

भोटेकोसीको लेकाली गाउँ पुग्ने सबै कच्ची सडक बर्खाको भेलले बगाएकाले हिँडडुल गर्न कठिन छ । वृद्धवृद्धा र अशक्तलाई बोकेर स्वास्थ्यचौकी ल्याउन सक्ने अवस्था छैन । त्यसैले गाउँपालिकाले कोरोनाविरुद्धको खोप लगाउन अभियान नै तय गर्नुपर्‍यो ।

६० वर्ष कटेका वृद्धवृद्धा र शारीरिक रूपमा अशक्त स्थानीयलाई भोटेकोसी गाउँपालिकाले घरघरमै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाएको छ । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलको नेतृत्वमा बनेको कोभिड–१९ खोप अभियानअन्तर्गत स्वास्थ्यकर्मी र जनप्रतिनिधि खोप लगाउन स्थानीयको घरआँगनमा पुगेका हुन् । 

वडा कार्यालयछेउमा रहेको स्वास्थ्य संस्थामा आइपुग्न छगाम, बगाम, भैरवकुण्ड, बोक्चेन, देउढुंगा, गोल्चीजस्ता दुर्गम बस्तीबाट हिँडेर आउन दिनभर लाग्छ । लिस्ती, तातोपानी, मार्मिङ र फुल्पिङकट्टीमा रहेका स्वास्थ्य संस्थाका कर्मचारीसहित जनप्रतिनिधिको टोलीले एक सातादेखि भोटेकोसीको पाँचै वडाको दुर्गम बस्तीमा पुगेर वृद्धवृद्धा र अशक्त स्थानीयलाई खोप लगाइरहेका छन् ।