१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ए डिभिजन फुटसल लिग : उद्घाटन खेलमा द राइजिङ क्लब र स्काई गोल्स भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:२२:oo

असोज पहिलो साताबाट पोखरामा आयोजना हुने  ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको टाइसिट ‘ड्र’बाट सार्वजनिक गरिएको तालिकामा द राइजिङ क्लब र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्ने तय भएको हो।

दिनको दोस्रो खेल स्पोर्टस् क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच हुनेछ। असोज २ गतेदेखि २२ गतेसम्म पोखरास्थित बहुउद्देश्य कभर्डहलमा हुने प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। जसमा बागमती प्रदेशबाट चारसहित अन्य प्रदेशबाट ६ टोलीको सहभागिता हुनेछ। खेल २०–२० मिनेटको हुनेछ।

खेल राउन्ड रोबिन लिग ढाँचामा आयोजना हुनेछ। एक आपसको प्रतिस्पर्धापछि शीर्ष चारमा अटाएका टोलीले इलिमिनेटर क्वालिफायर खेल्नेछन्। शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धाबाट जित निकाल्ने टोली सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले तेस्रो र चौथो स्थानका टोलीबीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

२१ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, उत्कृष्ट पिभोट (मिडफिल्डर)/आला (विंगर), फिक्सो (डिफेन्डर), प्रशिक्षक, उदीयमान खेलाडी र गोलरक्षकले समान २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

ad
ad