मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २१ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २१ सोमबार १३:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अर्थमन्त्री शर्माले गभर्नरलाई भने– पुँजी बजारमा देखिएको समस्या समाधान गर्नुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २१ सोमबार १३:२५:oo

सेयर बजारमा देखिएको पछिल्लो परिस्थिति समाधान गर्न अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन्। सोमबार अर्थमन्त्री शर्माले टेलिफोन गरेर पुँजी बजारको पछिल्लो परिस्थितिबारे ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ। 

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन्। 

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए। उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गरेको शर्माको सचिवालयले बताएको छ। 

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।