मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २० आइतबार १५:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : आज दोस्रो खेल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार १५:५५:oo

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलको दोस्रो खेल आज आइतबार हुँदै छ। दशरथ रंगशालामा हुने खेल अपराह्न साढे पाँच बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्। यसअघि बिहीबार भएको खेल एक–एक गोलको बराबरीमा सकिएको थियो।

विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपालभन्दा भारत ६३ स्थानमाथि छ। वरीयताअनुसार भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ । हालसम्म दुवै देशबीच २० पटक फुटबल मैदानमा भिडन्त भएको छ। भारत १३ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ। दुवै टोलीले पाँच खेल बराबरी खेलेका छन्।

भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ। नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ।