मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १८ शुक्रबार ०७:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी विकास बैंक बन्यो वित्तीय विवरण रनरअप अवार्ड विजेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १८ शुक्रबार ०७:४९:००

नेपाली लेखा व्यवसायीहरूको नियमनकारी निकाय ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था’ (आइक्यान)ले लुम्बिनी विकास बैँकलाई सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने दोस्रो बैंकको रूपमा सम्मानित गरेको छ । संस्थाले प्रत्येक वर्ष वितरण गर्ने बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए)को फाइनान्सियल सेक्टरको विधामा बैंकले रनरअप अवार्ड प्राप्त गरेको हो । 

बैंकले सदैव कटिबद्ध रही आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गर्नुको साथै आफूलाई अवार्डको योग्य ठान्ने आइक्यानका साथै अवार्ड प्राप्त गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभर ७२ शाखा र १७ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।