Skip This
ad
नवलपरासीमा बाढीको कहर : मध्यरातमा चौतर्फी हारगुहार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२o८१ बैशाख २६ बुधबार १७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नवलपरासीमा बाढीको कहर : मध्यरातमा चौतर्फी हारगुहार

Read Time : > 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
नयाँ पत्रिका नवलपरासी
२o८१ बैशाख २६ बुधबार १७:३९:oo

मध्यराति एक्कासि आएको बाढीले पश्चिम नवलपरासीको जनजीवन प्रभावित भएको छ।  बाढीका कारण जिल्लाका सबैजसो पालिकाहरू डुबानमा परेका छन् । सबैभन्दा बढी सदरमुकाम परासी प्रभावित बन्यो। मिठो निद्रामा रहेका स्थानीय मध्यराति  एक्कासि कोठाभित्र पसेको पानीको चिसोले ब्युँझिन पुगे। 

कोठाभित्र पानी पसिसकेका कारण खाद्यान्नदेखि लत्ताकपडालगायतका सामग्रीहरू स्थानीयहरूले स्याहार्न पाएनन्। ज्यान जोगाउन घरको छतमा बसेर मध्यरातमा हारगुहारको आवाज मात्र सुनिन्थ्यो। स्थानीयहरू एकसरो लुगामा घरको छत  र उच्च स्थानमा ज्यान जोगाउन पुगेका थिए।

दिउँसो शुक्रबार दिउँसो १ बजेसम्म पनि पानीको सतह नघटेपछि बालबालिकाहरू भोकले चिच्चाइरहेका थिए। छिमेकीहरू पनि त्यस्तै अवस्थामा रहेकाले एक–अर्कालाई सहयोग गर्न सक्ने अवस्थामा थिएनन्। डुबानमा परेकाहरूलाई उद्धार गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली डुबान क्षेत्रमा पुगे पनि पानीको सतह र वेगका कारण उद्धारमा कठिनाइ भएको थियो। स्थानीयहरू छतमा सुरक्षित देखेपछि सुरक्षाकर्मीले इशाराबाट सान्त्वना दिइरहेका थिए।  

८–१० वटाबाहेक सरदमुकामका सबै घर डुबानमा परेका थिए। विगतमा डुबान हुने भए पनि सदरमुकाम परासीमा आएको यो सबैभन्दा ठूलो बाढी रहेको स्थानीयले बताएका छन्। दिउँसो २ बजेदेखि पानीको सतह घट्दै गएको छ।  त्यसैगरी सदरमुकामपछि पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिका पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिए।

अधिकांश घर डुबानमा परेका कारण क्षतिको विवरण यकिन हुन नसकेको लामाले बताए। सदरमुकाममा स्थानीय झरही खोलाबाट आएको घर डुबानमा परेका हुन् भने अन्य स्थानीय तहमा स्थानीय खोलाका कारण डुबानमा परेका हुन्। पानीको निकास नभएका कारण पानी बग्न नपाउँदा सबैका घर डुबानमा परेका हुन्।

यसैबीच बज्रदल गण परासीमा करिब १५ फिट जमेको थियो भने जिल्ला प्रहरी कार्यालयमा ६ फिटमाथिसम्म पानी जमेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी  लामाले बताए।  जलमग्न भएपछि सुरक्षाकर्मीहरूको हतियारको व्यवस्थापनमा समेत समस्या भए पनि सुरक्षित राख्न सफल भएको प्रहरीले जनाएको छ। 

ad
ad