Skip This
आदिवासी जनजाति महासंघ नवलपुरको अध्यक्षमा  श्रेष्ठ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आदिवासी जनजाति महासंघ नवलपुरको अध्यक्षमा  श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार ११:२७:oo

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार कावासोतीमा भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको छठौं जिल्ला अधिवेशनले रामकुमार श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति चयन गरेको छ । 

जसको उपाध्यक्षमा टेकबहादुर गाहा, रिमबहादुर दराई, देवनारायण महतो सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा मदन कुमाल, कोषाध्यक्षमा सुकराम माझी, सदस्यहरुमा विष्णुबहादुर तामाङ, जुनामाया बोटे लगायत सर्वसम्मत निर्वाचित भएका हुन् । 

नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय कोषाध्यक्ष विमल सारु मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, विभिन्न जातीय संगठनका अध्यक्ष एवं प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । 

त्यसैगरी शुक्रबार नै भएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको तेस्रो अधिवेशनले ज्योति दराई मगरको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति चयन गरेको छ । 
 

ad
ad