१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार o९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘सम्हालेर राखेको छु’ बोलको गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:o५:oo

सुरेन्द्र दियालीको शब्द र स्वरूपराज आचार्यको स्वरमा ‘सम्हालेर राखेको छु’ बोलको गीत सार्वजनिक भएको छ । अहिले पनि नेपाली समाजमा जातीय विभेद मात्रै नभएर वर्गीय विभेदको खाडल झनझन् बढ्दै गएको तितो यथार्थ जगजाहेर छ । यो अवस्था हेर्दा समाज जति परिवर्तनशील भए पनि मानिसको चेतनाको स्तर अर्थात् मानसिकता अझै बदलिन सकेको छैन ।

यस्तो परिस्थितिमा प्रेम गर्ने जोडीहरू कि मर्नुपरेको छ कि एक्लिनुपरेको छ । यही भाव व्यक्त गर्ने सुरेन्द्र दियालीको ‘सम्मालेर राखेको छु’ बोलको गीतलाई गायक स्वरूपराज आचार्यले बजारमा ल्याएका हुन् ।  

गीतका शब्दले अत्यन्तै हृदयस्पर्शी भएकै कारण गाउन चाहेको आचार्यले बताए । उनले भने, ‘गीत प्रेमिल छ । विगतको पल सम्झिएर बाँच्नेहरू पनि धेरै छन् ।’ व्यापार, अभिनय र सामाजिक काममा सक्रिय गीतकार सुरेन्द्रले गायक आचार्यको कुरामा सहमत राख्दै भने, ‘आफ्नै परिवेशको कथालाई गीतका शब्दमा उन्ने कोसिस गरेको छु, अब दर्शकको भयो ।’

यस गीतमा नायिका तथा मोडल गरिमा शर्मा र गीतकार सुरेन्द्र स्वयंले अभिनय गरेका छन् । नवीन कार्कीको कम्पोज रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । उत्तम हुमागाईंको छायांकन तथा निर्देशन चल्तीका म्युजिक भिडियो निर्देशक निकेश खड्काले गरेका हुन् । गीत ओएसआर डिजिटलबाट बजारमा ल्याइएको हो ।

ad
ad