१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:५९:oo

बाह्रै महिना कर्मचारीको सरुवा किन भइरहन्छ ?
कुनै पनि मुलुकको समृद्धि र सुशासनका लागि राजनीतिक स्थिरता चाहिन्छ । यसले कर्मचारी प्रशासनमा पनि स्थिरता ल्याउँछ । राजनीतिमा अस्थिरता बढेसँगै कर्मचारी प्रशासनमा पनि हलचल आउँछ । परिणामतः राजनीतिले पनि आफूअनुकूल कर्मचारी रोज्ने र कर्मचारीले पनि राजनीतिक ओत खोज्ने प्रवृत्ति हाबी हुन्छ । यथार्थमा कर्मचारीको योग्यता, क्षमता र सीप हेरेर ठीक मान्छेलाई ठीक ठाउँमा पदस्थापन गर्नुपर्ने हो । तर, अस्थिर राजनीतिले गर्दा कर्मचारी प्रशासन नतिजामुखी बन्न सम्भव छैन । अझै पनि संघीय निजामती कानुन आउन सकेको छैन । सत्ताकेन्द्रित राजनीतिले प्रशासनलाई स्थिर हुन दिएन । यसैको परिणामस्वरूप कर्मचारी छिटोछिटो सरुवाको सिकार हुने गरेका हुन् । 

कर्मचारीको सरुवा आवश्यकताले हुन्छ कि स्वार्थले ?
कुनै पनि कर्मचारी एकै स्थानमा बसिरह्यो भने ऊ ‘क्रोनिक’ हुन्छ । दुई वर्षसम्म एकै स्थानमा बसिसकेपछि उसको सरुवा हुनुपर्छ । सरुवा या बढुवा अनुमानयोग्य हुनुपर्छ । तर, हामीकहाँ यो अनिश्चित भयो । यस्तो अवस्थामा कर्मचारीमा उत्प्रेरणा प्राप्त हुन सक्दैन । खराब काम गर्नेलाई सरुवा होइन, दण्डित गर्नुपर्छ । अनुकूल कर्मचारी खोज्ने प्रवृत्तिले पनि कर्मचारी प्रशासनलाई अस्तव्यस्त बनाएको हो ।  

यसलाई व्यवस्थित र स्वचालित बनाउन सकिन्न ?
धेरै मुलुकमा अनुमानयोग्य सरुवा प्रणाली लागू भएको छ । छिमेकी भारतमै पनि त्यस्तै प्रणाली छ । अन्त हुन सक्छ भने हामीकहाँ नसक्ने कुरै छैन । वस्तुगत मापदण्ड बनाएर काम गर्ने र यसअघिका अध्ययन प्रतिवेदनलाई कार्यान्वयन गर्ने हो भने यसलाई व्यवस्थित बनाउन सकिन्छ ।  

ad
ad