१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वाइसिएलको राष्ट्रिय भेला भर्चुअल माध्यमबाट हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:o७:oo

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसिएलले दुईदिने राष्ट्रिय भेला गर्ने भएको छ। भेलालाई भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा वाइसिएलले दिएको छ।

आगामी १२ र १३ भदौ हुने राष्ट्रिय भेलाको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्नेछन्। वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले कोभिड–१९ को तेस्रो भेरियन्टको जोखिम र प्रविधिमैत्री युवा संगठनको अवधारणामा आधारित भएर भेलालाई भर्चुअल माध्यमबाट सम्पन्न गर्न लागेको बताए। उनले भेलामा भर्चुअल माध्यमबाट सातवटै प्रदेशका प्रतिनिधि र पर्यवेक्षकहरू आफ्नो प्रदेशको मुकाममा भेला भएर सहभागी हुने जानकारी दिए। उनका अनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को महोत्तरी बर्दिबास, बागमती र विशेष प्रदेशको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा प्रतिनिधि भेला हुने व्यवस्था मिलाउने भएको छ।

वाइसिएलको भेलामा ६ सय ४७ जना प्रतिनिधि एवं पर्यवेक्षकहरूको सहभागिता हुनेछ। वाइसिएलले यो राष्ट्रिय भेला सम्भवतः प्रविधि प्रयोगको दृष्टिले नेपालकै पहिलो र व्यवस्थित भेला हुने दाबी गरेको छ। वाइसिएलले संगठनका सबै डाटाहरूलाई डिजिटलाइज गर्नुका साथै सदस्यतासमेत अनलाइनबाट वितरण गर्ने बताएको छ। ‘हाम्रो संगठनले यसै भेलाबाट संगठनका सबै डाटाहरूलाई डिजिटलाइज मात्रै होइन, सदस्यता प्रणालीसमेत अनलाइन विधिबाट आवेदन तथा प्राप्त गर्ने गरी वाइसिएल नेपालडटओआरजी र वाइसिएल नेपाल डटकमको औपचारिक उद्घाटन भेला उद्घाटनसँगै हुनेछ,’ अध्यक्ष दीपशिखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको राजनीतिक इतिहासमा सम्भवतः नयाँ सुरुआत हुनेछ।’ विज्ञप्तिमा राष्ट्रिय भेलाले युवाहरूको प्रविधिमैत्री चेतना स्थापित गर्ने मात्रै नभई देश र कम्युनिस्ट आन्दोलनलाई प्रविधिमैत्री बनाउन अभिप्रेरित गर्ने दाबी गरिएको छ।

ad
ad