१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोरोना कहरमा मल किन्न लाइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५१:oo

रौतहटबाट ०४६ सालमा भरतपुर–६, पारसनगरमा आएका जीवशलाल राहुतले २० बिघा जमिन भाडामा लिई वार्षिक ८० हजार तिरेर खेती गर्दै आएका छन् । उनको परिवारमा रहेका २३ जनाकै मुख्य आम्दानीको स्रोत खेतीपाती नै हो ।

सिँचाइ मोटरको प्रयोगले धान रोपेका उनले खेत गोडेर सके पनि मल पाएका छैनन् । उनी सर्वाेदय सहकारीका सदस्य पनि हुन् । उनले भने, ‘आफूलाई २० बोरा मल चाहिएको छ । १० केजी मल ल्याएर कहाँ छर्ने ?’  

मल लिन नागरिकता र लाजपुर्जाको फोटोकपी अनिवार्य गरिएको छ । उनी यो समस्याबाट पनि पीडित छन् । ‘सहकारीले जमिनको लालपुर्जा माग्छ । मलकै लागि भाडामा लिएको जमिनको जग्गाधनीसँग लाजपुर्जाको फोटोकपी माग्नुपर्ने हुन्छ ।

कोही विदेश हुनुहुन्छ, कोही कहाँ हुनुहुन्छ, कसैको लालपुर्जा बैंकमा छ, हामीले कसरी फोटोकपी ल्याउने होला,’ उनी भन्छन्, ‘काम गरेर खाने मान्छे हामी लपनछपन जानिन्न, बरु केही महँगो भए पनि मल पाए किन्न हुन्थ्यो ।’  

ad
ad