Skip This
छुट्टाछुट्टै दुर्घटनामा रुकुम पश्चिममा दुईजनाको मृत्यु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका रुकुम पश्चिम
२o८१ बैशाख २८ शुक्रबार १८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

छुट्टाछुट्टै दुर्घटनामा रुकुम पश्चिममा दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १८:o८:oo

रुकुम पश्चिममा दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। जिल्लाको आठबीसकोट नगरपालिका– ७ को डाँफेस्थित स्थानीय डण्डे कामीकी नाै वर्षीया छोरी लालमती कामीको गएराति १ बजेको समयमा घरको भित्ता भत्किँदा च्यापिएर मृत्यु भएको छ।

सुतिरहेको अवस्थामा घरको एउटा भित्ता भत्किएको र भित्ताले च्यापिएर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय राडीका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए। बालिकाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। मृत बालिकाकी आमा, बाबु र भाइ भने भाग्न सफल भएका थिए। लगातारको वर्षापछि पानी चुहिएकाले दुईतले घरको भित्ता भत्किएको प्रहरीले जनाएको छ। 

त्यस्तै, जिल्लाको मुसिकोट नगरपालिका– १० मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार साँझ भिरबाट खस्दा ४५ वर्षीय डिल्लीबहादुर कठायतको घटनास्थलमै मृत्यु भएको हो। कठायत शौच गर्ने क्रममा भिरबाट करिब तीन सय मिटर तल खसेका प्रहरीले जनाएको छ ।

ad
ad