मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ६ आइतबार ०७:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकको  ‘मेरी उनीलाई’ स्वस्थ नारी पहल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ६ आइतबार ०७:४६:००

ग्लोबल आइएमई बैंक लिमिटेडले महिलालाई सशक्त बनाउने उद्देश्यले नेपाल परिवार नियोजन संघसँगको समन्वयमा ‘मेरी उनीलाई’ स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

व्यावसायिक सामाजिक उत्तरदायित्वको यो अभियानअन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्यचौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

यसअघि बैंकले महिलालाई आर्थिक रूपमा सशक्त बनाउनका लागि ‘मेरी उनी’लाई मुद्दती बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ । ‘मेरी उनी’लाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिक रूपमा सशक्त बनाउने अर्को प्रयास रहेको बैंकले जनाएको छ ।

अभियानअन्तर्गतको स्वास्थ्य शिविरले ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरूका निम्ति प्रभावकारी हुने र महिलाहरूमा सकारात्मक प्रभाव पार्ने बैंकले विश्वास व्यक्त गरेको छ ।  

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरूको स्वास्थ्य तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।