१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सुदीप शिवाकोटी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जाँदाजाँदै डोरमणि पौडेलले भने– एमाले एक बनाउन राजीनामा दिएको हुँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:४७:oo

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आफू एमाले एक बनाउने पक्षमा उभिएका कारणले मात्र मुख्यमन्त्री छाडेको बताएका छन्।

बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएलगTत्तै अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएपछि बिहीबार बिहान पौडेलले पत्रकारसँग भेटघाट गर्दै आफू प्रतिष्ठाभन्दा पनि एमाले एक बनाउने पक्षमा रहेको बताए। ‘कसैको दबाब र असफलताका कारण राजीनामा दिएको हाेइन,’ उनले भने, ‘हाम्रो प्रदेशका एमाले सांसदहरूलाई एकै ठाउँमा उभ्याएर देशभर पार्टी एकताको सन्देश दिने उद्देश्यले मैले राजीनामा दिएको हुँ।’ 

उनले पार्टीलाई एक बनाएर लैजानुपर्छ भन्ने अभियानमा लागेकाले शाक्यलाई नेतृत्व सुम्पिएको धारणा राखे। ‘४२ महिना सरकार सञ्चालन गर्दा जनताको हितमा धेरै काम गरिएको छ। यति छोटो समयमा कुनै प्रदेश सरकारले पनि हामीले जति काम गर्न सकेका छैनन,’ उनले भने। निवर्तमान मुख्यमन्त्री पौडेलले शाक्यले सदनबाट विश्वासको मत लिन नपर्नेसमेत दाबी गरेका छन्। 

पौडेलले शाक्य बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त भएका कारण विश्वासको मत लिन नपर्ने बताए। ‘पार्टीको उपाध्यक्षसमेत रहेकी शाक्य संविधानको धारा १६८ (१) अनुसार बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। हामी ५६ जना सांसद नै एमालेका हौँ । जुन संसदमा सरकार गठनका लागि आवश्यक बहुमत संख्या हो। त्यसकारण विश्वासको मत लिनुपर्दैन,’ उनको दाबी छ।

पौडेलले २४ माघ २०७४ मा नेपालको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए। नेकपा एमाले बुधबार औपचारिक रूपमा विभाजन भएपश्चात् त्यसको असरसँगै बागमती माधव नेपाल समूहमा रहेकी शाक्य एकाएक केपी ओली समूहको सहयोगमा मुख्यमन्त्री पदमा पुगेकी छिन्। 

ad
ad