१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १ मंगलबार
  • Monday, 30 June, 2025
एजेन्सी नयाँ दिल्ली
२o७८ भदौ १ मंगलबार १२:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानका अल्पसंख्यक हिन्दू र शिखलाई भारतले फास्ट ट्रयाकबाट भिसा दिने

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ भदौ १ मंगलबार १२:२२:oo

भारत आउन इच्छुक अफगानीका लागि भारत सरकारले नयाँ श्रेणीको भिसा दिने भएको छ। अनलाइनबाट आवेदन दिन सकिने गरी फास्ट ट्रयाकबाट ‘इ–इमर्जेन्सी एक्स–मिसेलेनियस भिसा’को व्यवस्था गरेको यहाँको केन्द्रीय गृह मन्त्रालय (एमएचए)ले जनाएको छ।
 
नयाँ श्रेणीको भिसाले यहाँका अल्पसंख्यक हिन्दू र शिखहरूलाई राहत मिल्ने बताइएको छ। यस्तो भिसा ६ महिनाका लागि मान्य हुने सरकारी स्रोतलाई उदृत गर्दै टाइम्स अफ  इन्डियाले उल्लेख गरेको छ।

‘अफगानिस्तानको वर्तमान अवस्थालाई मध्यनजर गर्दै एमएचएले भिसा प्रावधानको समीक्षा गरेको छ,’ मन्त्रालयका प्रवक्ताले ट्विटरमार्फत यसको पुष्टि गरेका छन्। 

सन् २०१९ डिसेम्बरमा भारत सरकारले ल्याएको नागरिकता संशोधन ऐनले अफगानिस्तानका हिन्दू, शिख, इसाई, जैन, बौद्ध र पारसी धर्म मान्नेहरूलाई अल्पसंख्यकका रूपमा व्याख्या गरेको छ।

ऐनले कम्तीमा ६ वर्ष भारतमा बसेपछि यी अल्पसंख्यकहरूले भारतीय नागरिकताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।