Skip This
ad
कोरोनाका कारण जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोरोनाका कारण जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:o४:oo

रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला स्थगित भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष स्थगित गरिएको हो । 

शुक्रबार गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले मेला स्थगित गर्ने निर्णय भएको जानकारी दिए । कोरोना संक्रमणदर नियमित बढिरहेकाले जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्ड दर्शनमा हुन सक्ने भिड एवं तीर्थालुहरूको आवागमनबाट संक्रमणदर बढ्ने भएकाले मेला स्थगत गर्ने निर्णय भएको उनले बताए ।

 मेला सञ्चालन नहुने भए पनि गोरखनाथ बाबाको टोली भने आउने उनले बताए ।  कोरोना संक्रमण सुरुअघिसम्म व्यवस्थित रूपमा मेला सञ्चालन गर्ने गरिएको थियो । तर, कोरोना संक्रमण सुरु भएयता मेला सञ्चालन हुन सकेको छैन । 

जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा लाग्ने मेला यो वर्ष शुक्रबारदेखि सुरु भएको छ । सामान्य समयमा  मेला भदौ ६ गते जनैपूर्णिमासम्म लाग्ने गर्दछ । 

ad
ad