१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान पुनः सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:४१:oo

ट्राफिक प्रहरीले उपत्यकाभित्र पुनः ‘नो हर्न’ अभियान सुरु गरेको छ। लकडाउन सुरु भएसँगै ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान कार्यान्वयनमा आउन सकेको थिएन। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अभियान कडाइका साथ कार्यान्वयन हुने जनाएको छ। महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले ‘नो हर्न’ अभियानलाई थप कडाइ गर्न उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार ‘नो हर्न’ स्टिकर टाँसेर अभियान सुर गरेको बताए। 

उनले भने, ‘केही समययता अनावश्यक हर्नको प्रयोग क्रमशः वृद्धि भइरहेको महसुस भयो। हामीले यसलाई थप कडाइ गर्न र अति आवश्यक नपरी हर्नको प्रयोग गर्नेलाई कडाइका साथ कारबाहीको दायरामा ल्याउन अभियान पुन: सुरु गरेका हौँ ।’

जथाभावी हर्नको प्रयोगले ध्वनि प्रदूषण बढ्ने र यसले स्वास्थ्यमा समेत नकारात्मक असर गर्ने हुनाले अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न ट्राफिक प्रहरी महाशाखाले सवारीचालकलाई आग्रह गरेको छ। ट्राफिक प्रहरीले १ वैशाख ०७४ बाट उपत्यकाभित्र ‘नो हर्न’ अभियान सुरु गरेको थियो।

ad
ad