मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २६ मंगलबार ०६:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टेलिकमले एसइई अफरसहित निःशुल्क सिमकार्ड दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २६ मंगलबार ०६:५३:००

नेपाल टेलिकमले एसइई परीक्षा उत्तीर्ण भएका विद्यार्थीलाई एसइई अफरसहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उक्त निःशुल्क सिम उपलब्ध गराउने भएको हो । 

विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम भएमा उक्त सिममै कम्पनीका अफरहरू उपलब्ध गराउने जनाइएको छ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने जनाइएको छ । 

स्टुडेन्ट रजिस्ट्रेसन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा सय एमबी डेटा प्रयोग गर्न सकिनेछ । यसअनुसार ३० दिनसम्म ३ हजार एमबी डेटा, ३ सय मिनेट टकटाइम र ३ सयवटा एसएमएसको सुविधा प्राप्त हुने टेलिकमले जनाएको छ । 

यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकसमेत उपलब्ध गराइएको छ । यस प्याकमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५ सय एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुने र बोनसबापत प्राप्त हुने सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नुपर्ने जनाइएको छ । 

एसइईका विद्यार्थीले नि:शुल्क प्राप्त गरेको वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रूपमा रूपान्तरण गरिएको सिमकार्डमा आवश्यकताबमोजिम इ–शिक्षा प्याकेज पनि लिन सकिने कम्पनीले जनाएको छ । यसअघि इ–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने जनाइएको छ ।