देशभर २,८३८ जना कोरोना संक्रमित थपिए, ३० को मृत्यु

बुधबार, ६ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर दुई हजार आठ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा एक हजार नौ सय १८ र एन्टिजेन परीक्षणमा नौ सय ३१ जनामा संक्रमण देखिएको हो । जसमध्ये काठमाडौं उपत्यकामा ६ सय ९७ जना रहेका छन् । 

यो अवधिमा आठ हजार सात सय १५ जनाको पिसिआर र तीन हजार नौ सय एकजनाको एन्टिजेन परीक्षण भएको थियो । 

बुधबार एक हजार चार सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ । 
 

सुझावित समाचार