मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ५ मंगलबार १७:३०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर ३,१०८ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ५ मंगलबार १७:३०:००

पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय आठजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा दुई हजार दुई सय दुई र एन्टिजेन परीक्षणमा नौ सय ६ जनामा संक्रमण देखिएको छ । 

मंगलबार एक हजार पाँच सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३४ हजार नौ सय २७ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार ६ सय सात पुगेको मन्त्रालयले जनाएको छ ।