भारतमा कोरोना संक्रमित घट्दै, सोमबार २९ हजारभन्दा बढी संक्रमित

मंगलबार, ५ साउन, २०७८
डिजिटल संस्करण

भारतमा कोरोनाको तेस्रो लहरको आशंकाबीच कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएको छ। पछिल्लो २४ घन्टामा भारतमा २९ हजार ४ सय १३ नयाँ संक्रमित भेटिएका छन्। यो संख्या पछिल्लो एक सय २५ दिनयताकै सबैभन्दा कम हो।

केही दिनयता भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुने र सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ। सोमबार पछिल्लो एक सय ११ दिनयताकै कम तीन सय ७२ संक्रमितको मृत्यु भएको जनाइएको छ।

यस अवधिमा ४५ हजार तीन सय ४५ जना संक्रमणमुक्त भएका छन् भने तीन लाख ९९ हजार नाै सय ९८ सक्रिय संक्रमित रहेका छन्।
 

See More On

सुझावित समाचार